काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूवृ गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा उनको बयान लिइएको थियो ।
बिहीबार देखी उनी माथि बयान सुरु भएकोमा शुक्रवार सकिएको अदालतका स्रेस्तेदार राजन खनालले बताए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो ।
लामिछानेसंगै अहिलेसम्म पूर्व डीआइजी छविलाल जोशी र लिला पछाईंको बयान सकिएको छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको छ ।
तपाईंको प्रतिकृया




