ग्लोबल बैंकको थप ६ शाखारहित बैंकिङ सेवा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डडेल्धुरामा २ वटा, डोटीमा २ वटा र बैतडीमा २ वटा गरी ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।थप ६ शाखा सञ्चालन पछि शाखारहित बैंकिङ्ग सेवाको संख्या ११० पुगेको छ।

सबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीको रोहवरमा भएको हो। शाखारहित बैंकिङ्ग इकाईबाट ग्रामीण क्षेत्रका स्थानीयले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए, यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सकिने बैंकको भनाइ छ।

बैंकका देशभरि १३२ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि-सम्र्पक कार्यालय छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस