काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल बनेका छन् ।
उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी दिएको कार्यवाहक प्रवक्ता मनिष झाले मकालुखबरलाई बताए । ‘रवि लामिछानेको सिफारिस र सचिवालय बैठकबाट उपसभापति अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय पारित भएको छ,’कार्यवाहक प्रवक्ता झाले भने ।
रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। सभामुख देवराज घिमिरले भने यस विषयमा निर्णय गरिसकेका छैनन् । लामिछाने गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।




