फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री