काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार ३१.४३ अंकले घटेको बजार आज पनि १३.५३ अंकले घटेर २ हजार ५८३.२९ विन्दुमा वन्द भएको हो ।
आइतबार ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको ९१ लाख ८० हजार कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको घटेको छ । बाँकी रहेका ६ कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार रिभल्स फल्स पावरको भएको छ । कम्पनीको २२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
तपाईंको प्रतिकृया



