काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । अघिल्लो कारोबार दिन बुधबार ५.६० अंकले घटेको बजार आज ३१.४३ अंकले घटेर २ हजार ५९६.८२ विन्दुमा बन्द भएको हो ।
बिहीबार ४ अर्ब ७६करोड रुपैयाँ बराबरको ९८ लाख ३२ हजार कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको घटेको छ । बाँकी रहेका ३ कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ । कम्पनीको १७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
तपाईंको प्रतिकृया



