काठमाडौं । लन्डनस्थित नेपाली व्यवसायीहरूद्वारा सञ्चालित ‘माया सपोर्टेड लिभिङ लिमिटेड’ले स्थानीय क्रिकेट खेलाडीहरूलाई अवार्ड प्रदान गरेको छ ।
लिभिङले जनाएअनुसार वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरेका छन् । ‘सरप्राइज अफ द इयर’ अवार्ड आशिष कुर्मीले पाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवबीचका मेयर काउन्सिलर जीत रानाभाटले उक्त अवार्ड प्रदान गरेका थिए । उक्तअवसरमा माया सपोर्टेड लिभिङमा पाँच वर्ष काम गरिसकेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । माया सपोर्टेड लिभिङका प्रबन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ब्रिटिश सरकारको मापदण्डअनुसार विशेष केयर सेवा प्रदान गर्ने गरेको जनाएको छ ।




