क्यान्सर पीडित मोहन्याल-३ का वडाध्यक्ष नवीनको निधन

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दराम गिरी (नवीन)को मृत्यु भएको छ । क्यान्सर रोग पीडित वडाध्यक्ष गिरीको शुक्रबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

उनको बर्दगोरिया गाउँपालिका-१ मा रहेको दोदोधरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मुखको क्यान्सर रोग पीडित ३६ वर्षीय गिरीको उपचार चलिरहेको थियो । नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दै आएका उनको अचानक मृत्यु भएको हो ।

मृतक गिरीको श्रीमती, दुई छोरा र एक छोरी छन् । फलेविसौना घर भएका गिरी नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको आज फलेबिसौनामा अन्त्येष्टि गरिनेछ ।

वडाध्यक्ष गिरी २०७४ को स्थानीय निर्वाचन र २०७९ मा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्ष गिरी जनताका जनप्रिय युवा नेता थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री