युनियन मेवा हाइड्रोले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज

काठमाडौँ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु. १०० अंकित दरका रु. ३५,३८,६०,५०० रकम बराबरको ३५,३८,६०५ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधीन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री