काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंस्थित हम्मर फिटनेस एण्ड जिममा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै ज्योति विका बैंकका ग्राहकले उक्त फिटनेस एण्ड जिममा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
आधुनिक मेसिन तथा गुणस्तरीय सेवा र ट्रेनरहरूसहितको उक्त फिटनेसले स्वस्थ जीवन शैली र व्यायामलाई महत्व दिँदै सेवा प्रवाह गर्दै आएको छ । हालै बैंकले काठमाडौं स्थित जस्मिन फिटनेस क्लब एण्ड स्पामा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको थियो ।
यसका साथै बैंकले चितवनस्थित सूर्य किरण फाइवर इण्डस्ट्रिजमा १० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको थियो ।
तपाईंको प्रतिकृया




