दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १७.८० अंकले बढेको बजार बुधबार २४.९७ अंकले घटेर २ हजार ७५०.८७ विन्दुमा बन्द भएको हो ।

बुधबार ९ अर्ब ५२ करोड १३ लाख रुपैयाँ बराबरको २ करोड ३ लाख कित्ता शेयर खरिद विक्री भएको छ । बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ । बाँकी रहेका ८ वटाको शेयर मूल्य स्थिर छ ।

आज २ वटा कम्पनीको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार जोशी हाइड्रोपावरको भएको छ । कम्पनीको ३० करोड ३० लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप