दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी भएकी छिन्। शेर्पाले २ हजार ८ सय ५ मत पाएकी छिन् । त्यस्तै माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत पाएकी छन् । नेपाली कांग्रेसकी पासाङदिकी शेर्पाले भने १ हजार ७ सय २७ मत ल्याएकी छन् ।

सो गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय मत पाएको छ । त्यस्तै राप्रपाले १ सय १८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ । कूल ७ हजार ५ सय ९० मत खसेकोमा ७ हजार ४ सय ८० मत सदर भएको छ भने १ सय १० मत बदर भएको छ । २०७९ सालको निर्वाचनमा सो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री