काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । बुधबार ३८ दशमलव ८१ अंकले बढेको बजार बिहीबार ८ दशमलव ३० अंकले घटेर २ हजार ७४८ दशमलव ०५ विन्दुमा बन्द भएको हो ।
बिहीबार ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ६३ हजार कित्ता शेयर खरिद विक्री भएको छ । बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९५ वटाको घटेको छ ।
बिहीबार विशाल बजार कम्पनी, विन फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एक्सल डेभलपमेन्ट बैंकको भएको छ । बैंकको ३१ करोड ८ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।
प्रतिकृया दिनुहॊस