काठमाडौं । नेपाली बजारमा साताको पाँचौँ कारोबार दिन सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहॊस