टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो ।

गत शुक्रवार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्य योजनाका बारेमा प्रकाश पारेका थिए ।

लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना बारेमा जानकारी प्रदान गरेका थिए । सो अवसरमा डिलर सञ्चालकहरूले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका हुन् ।

कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो । नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन् ।

जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो । हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ ।

कम्पनीले वार्षिक रुपमा १४ लाख फोर ह्विलर २४ लाख टु ह्विलर सिारी सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ । यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनकामना केबुलकार २७औँ वर्षमा प्रवेश

काठमाडौं । मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) २७औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले …

प्रतिकृया दिनुहॊस