earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौंलाई केन्द्रविन्दू बनाएर भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ । बिहीबार राति पौने ११ बजे कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको २.६ म्याग्निच्युड भएको केन्द्रले जानकारी दिएको छ ।

काठमाडौंमा नै केन्द्र विन्दु भएकाले काठमाडौंका आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।सानो म्याग्निच्युडको भए पनि केन्द्रविन्दु नजिक भएकाले यो भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामा समेत महसुस भएको छ ।

बिहीबार बिहान १० बजेर १३ मिनेटमा जाँदा कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.२ म्याग्निच्युडको थियो । काठमाडौँमा धेरै समयपछि गए राति भूकम्पको धक्का महसुस भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस