काठमाडौँ । BYD को ३०औं वार्षिकोत्सव र १ करोडौँ NEV विश्वव्यापी उत्पादनको अवसरमा BYD, र साईमेक्स इन्क.ले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ ।
वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र BYD को प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विश्वव्यापी रूपमा BYD, १ करोड NEV उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गर्दछ ।
नेपालले हरित भविष्य अँगाल्दै गर्दा, साईमेक्स इन्क. ले BYD का BYD ATTO 3, BYD Dolphin,
र BYD Seal जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर, र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेको कम्पनीको दाबी छ ।
‘ BYD को ३०औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो । यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो । सँगसँगै, हामी नेपालको दिगो
यातायाततर्फ यात्राको गति बढाउन मदत गर्दैछु ।’ कार्यक्रममा, साईमेक्स इन्क।का नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले भने ।
BYD र साईमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार, र समुदाय–केन्द्रित पहलहरूमार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहॊस