काठमाडौं । हुन्डाई मोटरले आफ्नो पहिलो थ्री–रो (तीन सिट पंक्ति भएको) विद्युतीय एसयूभी सार्वजनिक गरेको छ । उक्त कम्पनीले ठूलो ‘फेम्ली’ कारको बढ्दो बजारमा बलियो स्थान बनाउने उद्देश्यसहित बुधबार उक्त ईभी एसयूभी सार्वजनिक गरेको हो ।
साथै हुन्डाईको आयोनिक ९ नाम दिइएको यो गाडी सन् २०२५ को सुरुमा अमेरिका र दक्षिण कोरियाली बजारमा उपलब्ध गराइनेछ । यसको रेन्ज ४८२ किलोमिटरभन्दा बढी छ । युरोप र अरू बजारमा त्यसपछि गाडी उपलब्ध गराइने कोरियाली कम्पनीले जनाएको छ ।
मिनिभ्यान र अरू गाडीलाई विस्थापित गर्दै परिवार र साथीहरू एकसाथ सहर घुम्नेदेखि रोड ट्रिपमा जान थ्री–रो एसयूभी मुख्य साधन बन्दै गएको छ ।
त्यस्तै लुसिड, जेनरल मोटर्स, भोल्भो, भिनफास्टलगायत कम्पनी थ्री–रो ईभी सार्वजनिक गर्ने तयारीमा छन् । भने हुन्डाईको कियाले समेत यो गाडी ल्याइसकेको छ ।
हुन्डाईको उक्त थ्री–रो आयोनिक ९ फास्ट चार्जिङबाट २४ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस