८४ को चुनाव देउवाले गराउनुहुन्छ : गृहमन्त्री लेखक

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिले नै मन्त्रीमण्डल फेरबदल नहुने बताएका छन् ।

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थामा मन्त्रीमण्डलमा फेरबदल हुनु सामान्य कुरा भएको बताए । उनले मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको दाबी गरे ।

मन्त्री लेखकले ०८४ को निर्वाचनसम्म कांग्रेस–एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए । ‘भन्नेहरुले त यो सरकार दशैंभन्दा पर जाँदैन भने, त्यसपछि तिहार कटदैन भने । भन्नेहरुको पछि लाग्ने होइन, यो सरकार बनेको एकवर्ष ८ महिनापछि भने परिवर्तन हुन्छ’ नेता लेखकले भने, ‘त्यसपछि पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले ८४ को चुनाव गराउनु हुन्छ । त्यपछि जसले बहमुत ल्यायो, त्यसैको सरकार हुन्छ । ’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौं । उपत्यकाको तापक्रम यो वर्ष पहिलो पटक सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । मंसिर ९ गते बिहानको मापन अनुसार, उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ । यसअघि, मंसिर ६ गते तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो । तर आज त्यो भन्दा पनि तल झर्दै चिसो अझै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहॊस