भारतका सेनाध्यक्ष द्विवेदीलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिदै छ ।

नेपाली सेनाका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतल निवासमा आयोजित कार्यक्रममा सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरिदै छ । नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ ।

द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौँ आएका थिए । नेपाल भ्रमणको क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विद्यालयबाट फर्किदै गरेकी बालिकाको बाटोमा खसेको तारबाट करेण्ट लाग्दा मृत्यु

काठमाडौं । विद्यालयबाट फर्किदै गरेकी एक बालिकाको करेण्ट लागेर मृत्यु भएको छ । विद्यालयबाट फर्किदै …

प्रतिकृया दिनुहॊस