सांकेतिक तस्बिर

विद्यालयबाट फर्किदै गरेकी बालिकाको बाटोमा खसेको तारबाट करेण्ट लाग्दा मृत्यु

काठमाडौं । विद्यालयबाट फर्किदै गरेकी एक बालिकाको करेण्ट लागेर मृत्यु भएको छ । विद्यालयबाट फर्किदै गर्दा भुईंमा खसेको विजुलीको तारबाट करेण्ट लाग्दा उनको ज्यान गएको हो ।

घटना ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ को हो । स्थानीय साङ्गे शेर्पाकी सात वर्षीया छोरी मंसिरीको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ताप्लेजुङ जिल्ला अस्पतालले मृत घोषणा गरेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार विद्यालयबाट फर्किंदै गर्दा बाटैमा खसेको बिजुलीको तार छुन पुगेपछि उनलाई करेण्ट लागेको थियो । बालिकाको शव पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् । नेपाल विद्युत् प्राधिकरणले कानुनबमोजिम क्षतिपूर्ति दिने भएको डिएसपी रावलले जानकारी दिएका छन् । यो गाउँमा दुई वर्षअघि पनि यसरी नै करेण्ट लाग्दा एक जनाको ज्यान गएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतका सेनाध्यक्ष द्विवेदीलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज नेपाली सेनाको …

प्रतिकृया दिनुहॊस