काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग बराबरीमा रोकिएको छ । उरुग्वे र ब्राजिलले बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । त्यसको ७ मिनेटमा नै गारसनले गोल गर्दै ब्राजिललाई बराबरीमा पुर्याए । त्यसपछि कुनै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।
बराबरी पछि उरुग्वे १२ खेलमा २० अंकका साथ दोस्रो स्थानमा छ । समान खेलबाट १८ अंक जोडेको ब्राजिल पाँचौ स्थानमा छ । शीर्ष स्थानको अर्जेन्टिना भएको खेलमा पेरुलाई १-० ले हराउँदै विश्व कपमा छनोट भएको छ ।
अन्य खेलमा चिलीले भेनेजुएलालाई ४-२ ले हरायो भने कोलम्बिया घरमै इक्वेडरको हातबाट १-० ले पराजित रह्यो । यस्तै बोलिभिया र पाराग्वेले २-२ को बराबरी खेलेका छन् ।
प्रतिकृया दिनुहॊस