दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने भएको छ । केही कागजात र प्रक्रियाका कारण आज अदालत लैजान ढिला हुने देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

कागजात मिलाउनु पर्ने भएकाले आज म्याद थप्न नभ्याइएला जस्तो छ देखिएको बताउँदै उनले भोलि ‘फर्स्ट आवर’ माम्याद थपको प्रक्रिया अगाडि बढाइने बताए । पक्राउ परेको २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्ने भएकोले प्रहरीसँग अझै समय छ ।

भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्‍याएर मेडिकल गरिएको थियो । उनीमाथि साइबर अपराध, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ । प्रसाईले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं लगानी रहेको भन्दै अफवाह फैलाएको आरोप लागेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले सांसद अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेका सांसद तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई …

प्रतिकृया दिनुहॊस