काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।
दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नीति बमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो । जल ऊर्जा, फोहोर पानी निर्मलीकरण, वायु ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिनेछ ।
बैंकले न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गरिने जानकारी दिएको छ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरूको प्रयोग गरेर/ गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मत सम्भार गर्न प्रदान गरिनेछ ।
यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्द्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् ।
प्रतिकृया दिनुहॊस