महोत्तरी प्रहरीको नियन्त्रणमा ४४ लागुऔषध तस्कर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीले विगत ६ महिनाको अवधिमा ४४ जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरेको छ । भारतीय सीमा नाकाबाट नेपाल ल्याउने तथा नेपालबाट गाँजा लगायतका लागुऔषध तस्करी गरी भारत लैजाने ४४ जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

पछिल्लो समय भारतीय नाकाबाट विभिन्न खाले एम्पुलहरू लागुऔषधको रुपमा भित्रन थालेपछि लागुऔषधविरुद्ध अप्रेशन चलाएर तस्करहरुलाई पक्राउ गरिएको बताएका छन् । कोरेक्स लगायतका बोतलवाला लागुऔषधहरु ५ महिनाको अवधिमा ५९ बोतल बरामद गरिएको छ ।

त्यस्तै इन्जेक्सन लागुऔषध ७, गाँजा २ सय २४ किलो, विभिन्न एम्पुलहरु २ हजार ७३ पिस, ट्याब्लेट लागुऔषध १ हजार ५ सय २१ सहित ४४ जनालाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए । लागुऔषध सेवन तथा बिक्री वितरणमा अधिकांश जसो युवावर्गहरूको संलग्नता हुने गरेको उनको भनाइ छ । ठूलो मात्रामा युवा लागुऔषध सेवन तथा बिक्री वितरणमा लागेपछि महोत्तरी प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लागुऔषधविरुद्ध जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस