काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विशेष छुट पाइने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रा.लि.’, काठमाडौं बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई ‘स्काईवाक टावर’ प्रवेश शूल्कमा २० प्रतिशत सम्म विशेष छुट दिने भएको हो ।
एनआईएमबीका ग्राहकवर्गहरुले १ जनादेखि ५ जना सम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जना भन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिब) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकले ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ ।
प्रतिकृया दिनुहॊस