मन्त्रिपरिषद्को निर्णयप्रति जुरेका पहिरोपीडितको असन्तुष्टि

सिन्धुपाल्चोक । जुरे पहिरोपीडित मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति असन्तुष्ट भएका छन्। पहिरोपीडितले  भूकम्पपीडित सोसरह तीन लाख मात्र अनुदानको रकम पाउने निर्णय गरेपछि पहिरोपीडित असन्तुष्ट भएका हुन्। जिल्ला प्रशासन कार्यालयले पहिरो पीडितको नाममा दाताबाट संकलित २ करोड २४ लाख रकम गृह मन्त्रालयमा माग गरेको थियो।

गत मंसिर १४ गतेको मन्त्रिपरिषद्को निर्णयले पहिरोपीडितले भूकम्पपीडितसरह रकम मात्रै उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि नै भूकम्पपीडित सुचीमा राखेर पहिरो पीडितलाई तीन लाख अनुदान दिएको थियो। मन्त्रीपरिषद्को निर्णयपछि पहिरो पीडितले आफ्नो नाममा दाताले सहयोग गरेको रकम नपाउने भएका छन्।

पीडितको नाममा आएको रकम सरकारले अब अर्को प्रयोजनको लागि खर्च गर्न पाउने बाटो खुला गरेको छ। यसअघि जिल्ला दैविक प्रकोप उद्दार समितिले कसरी रकम वितरण गर्ने भन्नेका निर्णय लिन नसकेपछि सरकारले रकम रोक्का गरेको थियो। दाताको सहयोगबाट संकलित रकम आफैँले पाउनुपर्ने पहिरोपीडित रामबहादुर तामाङको भनाइ छ। ‘पहिरो गएपछि बनाएको झुपडीसमेत भूकम्पले भत्काएर विचल्लीमा पर्‍यो, अहिले हामीलाई दोहोरो सुविधा नदिने भन्दै अन्याय गर्‍यो’ उनले भने।

पहिरोपीडित दोहोरो मारमा परेकाले उनीहरूलाई दुवै सुविधा दिनुपर्ने बलेफी गाउँपालिका ८ का वडाध्यक्ष चरिबहादुर तामाङले जनाए। पहिरोपीडितहरु भूकम्पबाट पनि पीडित भएकाले उनीहरुको नाममा संकलित रकम उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। सरकारले आफ्नो नाममा आएको रकम खोस्न खोजेको पहिरो पीडितको भनाइ छ।

आफ्नो नाममा आएको रकम सरकारले अन्यन्त्र प्रयोग गर्न खोजेमा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन्। पहिरो पीडितको नाममा आएको रकम उनीहरुले नै पाउँनुपर्नेमा जनप्रतिनिधिको समेत जोड छ। ०७१ साउन १७ गते जुरेमा गएको विनाशकारी पहिरोमा परी १ सय ४५ जनाले अकालमै ज्यान गुमाएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस