[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सात देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले जर्मनी, रुस, बेलायत, साउदी अरेबिया, थाईल्याण्ड, क्याम्बोडिया र सिंगापुरका लागि राजदूत नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद वैठकले जर्मनीका लागि डा.शैल रुपाखेती, रुसका लागि जंगबहादुर चौहान र बेलायतका लागि चन्द्रकुमार घिमिरेलाई राजदूतमा सिफारिस गरेको थियो । त्यस्तै, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल तथा थाइल्याण्ड र सिंगापुरका लागि धनबहादुर वली राजदूत सिफारिस भएका थिए ।
तपाईंको प्रतिकृया




