ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । समता घरेलु लघुवित्तले निष्कासनमा ल्याएको थप प्राथमिक सेयर (एफपीओ) बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार (आज) बिहान ९ बजे एफपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको सेयर ३५ हजार ९० जनाले मात्र पाएका छन् । सेयर पाउने ३५ हजार ९० मध्येबाट चारजनाले थप एक कित्ता प्राप्त गरेका छन् ।

कम्पनीले यही कात्तिक १२ देखि २० गतेसम्म तीन करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको तीन लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओमा १३ लाख ४८ हजार ९१२ जनाबाट एक करोड ९६ लाख ९६ हजार १८० कित्ताका निम्ति आवेदन परेको थियो । तीमध्ये १३ लाख ४७ हजार ५१३ जनाको मात्र आवेदन योग्य भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

कसरी हेर्ने रिजल्ट ?
कम्पनीको एफपीओमा आवेदन दिएकाहरूले मुक्तिनाथ क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले विकास गरेको आईपीओ रिजल्ट वेबसाइटबाट पनि हेर्न सक्छन् । साथै, मेरोसेयरमा लग इन गरेर आफ्नो पोर्टफोलियोमा गएर समेत हेर्न सकिन्छ ।

मेरोसेयरमा आवेदन दिएको परेको छ भने ‘अलोटेड’ भनेर देखाउँछ । नपर्दा ‘नट अलोटेड’ देखाउँछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एक सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका …

प्रतिकृया दिनुहॊस