लाइन काटिएका सबै उद्योगको जोडियो बिजुली

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ । मन्त्रिपरिषदको २४ घण्टे अल्टिमेटमपछि मंगलबार बोर्ड बैठक बसेर प्राधिरणले लाइन जोडेको हो । मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रीय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

प्राधिकरणले पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने तयारी गरेको छ । प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् । मंगलबार मात्र प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता दिन बाँकी उद्योगसँग रकम बिस्तारै उठाउँदै गर्ने र लाइन भने तत्काल जोड्ने निर्णय गरेको थियो ।

जसप्रति विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले असहमति जनाउँदै आएका थिए । तर ती उद्योगमा लाइन जोडिएकै दिन बुधबार प्राधिरकरणका कार्यकारी निर्देशक घिसिङले भने पत्रकार सम्मेलन गर्ने भएका छन् । प्राधिकरणले कात्तिक ८ गते बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काट्ने भनेको थियो । तर तीमध्ये ७ उद्योग किस्ताबन्दीमा बक्यौता तिर्न तयार हुँदै कात्तिक ८ अघिबाटै रकम तिर्न थालेपछि लाइन काटिएको थिएन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उद्योगहरुलाई विद्युत् प्राधिकरणले भन्यो- मंसिर १२ गतेभित्र बक्यौता बुझाउनू

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल १५ दिनभित्र बुझाउन आग्रह गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो ।

प्रतिकृया दिनुहॊस