मुक्तिनाथ विकास बैंक दोस्रो पटक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

काठमाडौँ । श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report अवार्डस २०२३, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्र (Financial Services Sector) तर्फ ‘Certificate of Merit’ द्वारा सम्मानित भएको छ ।

यो पुरस्कार बाट मुक्तिनाथ विकास बैंक २०२१ र २०२३ साल गरि दोस्रो पटक सम्मानित भएको छ । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले Best Presented Annual Report Award विभिन्न विधाहरूमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरू बाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरू लाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो ।

विधाहरूमा वित्तीय सेवा क्षेत्र मध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिइने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरूलाई थप ऊर्जा मिल्ने बैंकले जनाएको छ ।

साथै, बैंकले विकास बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्कासन मार्फत इकाईहरू बिक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले बोलायो साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव …

प्रतिकृया दिनुहॊस