सस्तोमा ल्यापटप मिलाइदिने भन्दै अनलाइनमार्फत २७ लाखभन्दा बढी ठगी

काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की माछापुच्छ्रे गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय सुजन पौडेललाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

सुजन समेतका व्यक्तिहरूले अनलाइन मार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराई दिने भनी विश्वास दिलाई पीडितबाट ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रूपैयाँ रकम लिई ल्यापटप नदिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ ठमेल नर्सिङचोकबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस