कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ मा भएको जीप दुर्घटनामा परेका आठ जना घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको हो ।

दुर्घटनामा घाइते १३ जनामध्ये पहिलो चरणमा आठ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिएका छन् । उनका अनुसार बाँकी पाँच घाइते लिन हेलिकप्टर घटनास्थलतर्फ उडेको छ । आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्ने ठाउँमा कप्र ००१ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको कालिकोट प्रहरीले जनाएको छ ।

घाइते १३ मध्य नौं जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप भिरबाट झण्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यी हुन् घाइते
१) कालिकोट पलाता ६ बस्ने वर्ष नखुलेको केशव थापा (अवस्था गम्भीर)
२) कालिकोट पलाता ६ बस्ने किशोर थापा (अवस्था गम्भीर)
३) कालिकोट पलाता ६ बस्ने विजय थापा (अवस्था गम्भीर)
४) कालिकोट पलाता ६ बस्ने रिदम शाही (अवस्था गम्भीर)
५) कालिकोट पलाता ६ बस्ने प्रतीक्षा शाही (अवस्था गम्भीर)
६) कालिकोट पलाता ६ आशिष रोकाया (अवस्था गम्भीर)
७) कालिकोट पलाता ६ बस्ने भुपेन्द्र रोकाया (अवस्था गम्भीर)
८) कालिकोट पलाता ३ बस्ने दानबहादुर रोकाया (अवस्था गम्भीर)
९) कालिकोट पलाता ३ बस्ने निर्मला रोकाया (अवस्था गम्भीर)
१०) कालिकोट पलाता ३ बस्ने जगत रोकाया (अवस्था गम्भीर)
११) चालक वतन नखुलेको धनीराम रावत (अवस्था गम्भीर)
१२) कालिकोट पलाता ५ बस्ने दोलि विक (अवस्था गम्भीर)
१३) कालिकोट पलाता ५ बस्ने आयुशा विक (अवस्था गम्भीर)

मृतक
१) कालीकोट पलाता गाउँपालिका–६ बस्ने दसकला शाही
२) कालीकोट पलाता गाउँपालिका–६ बस्ने पदम बम
३) कालीकोट पलाता गाउँपालिका–६ बस्ने भगवती रोकाया
४) कालीकोट पलाता गाउँपालिका–६ बस्ने गणेश शाही
५) कालीकोट पलाता गाउँपालिका–५ बस्ने छाया शाही
६) कालीकोट पलाता गाउँपालिका–३ बस्ने दमन रोकाया

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं महानगरले फेरि थाल्यो भित्तेचित्र लेखन (तस्बिरहरु)

काठमाडौँ । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ वानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् ।

प्रतिकृया दिनुहॊस