rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं.
कार्तिक २५, २०८१ ई.सं. 10 Nov, 2024 शक संवत् १९४६ नेपाल संवत् ११४५ कछलाथ्व कालयुक्त दक्षिणायन शरद आइतबार कार्तिक शुक्लपक्ष तिथि नवमी १६:४४ बजेसम्म, त्यसपछी दशमी नक्षत्र धनिष्ठा ०७:५५ बजेसम्म, त्यसपछी शतभिषा योग ध्रुव २३:४० बजेसम्म, त्यसपछी व्याघात करण कौलव १६:४४ बजेसम्म, त्यसपछी तैतिल ०३:४४बजेसम्म, त्यसपछी गर चन्द्रराशि कुम्भ आनन्दादि योग मातंग दिनमान १०:५० सूर्योदय ६:२२ सूर्यास्त १७:१२ कुष्माण्डनवमी, सत्ययुगादि, हेटौडामा कुष्माण्डसरोवरमेला, फाल्गुनन्द जयन्ती । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । प्रियजनको साथ पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रमाइलो यात्राको योग रहेको छ । सेवा र धर्मकर्ममा मन पनि लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्मकर्म तथा समाजसेवाबाट सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज साथीको याद बढी आउनेछ । शिक्षामा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार पनि आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य प्रति भने सचेत रहनु पर्छ, तर साँझमा आर्थिक लाभ मिल्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस