स्टार्टअप एन्ड आइडिया फेस्ट काठमाडौँमा हुँदै, सातै प्रदेशको सहभागिता

काठमाडौं । देशका सातै प्रदेशका डिजिटल स्टार्टअपहरूको सहभागितामा काठमाडौँमा २ दिने स्टार्टअप एन्ड आइडिया फेस्ट हुने भएको छ।

लिभिङ विथ आईसीटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढी स्टर्टाअप र इन्नोभेसनहरूको प्रदर्शनी रहनेछ। आईसीटी अवार्ड-२०२४ को प्रि-इभेन्टको रूपमा कात्तिक २९ र ३० गते काठमाडौँको बत्तीसपुतलीमा यो कार्यक्रम गर्न लागिएको हो।

द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियर्स भ्लग्सको सहकार्य रहेको यस फेस्टमा प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरू प्रदर्शन गर्नेछन्। यसैगरी आयोजकले सातै प्रदेशबाट छनोट गरेका ३० वटा स्टार्टअपहरू पनि सहभागी हुनेछन्।

स्टिम क्याम्प, रकेट साइन्स, गेमहरू, रोबोट प्रतियोगता कार्यक्रमका विशेष आकर्षण रहेका छन्। नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरूलाई प्रवर्धन गर्न यो कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै, के के छन् सुविधा ?

काठमाडौं । ई-कमर्स प्लेटफर्म दराजले बहुप्रतीक्षित सेल दराज ११.११को आयोजना गर्दै छ। नेपालमा वर्षकै ठूलो …

प्रतिकृया दिनुहॊस