फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्ध मुद्दाको पूर्णपाठ आएपछि मात्रै अदालतमा उपस्थित हुने बताएका छन् । ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई पाँच वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि उनी सम्पर्कविहीन भएका थिए ।

तर, शुक्रबार एक विज्ञप्ति जारी गरेर उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित प्रतिक्रिया दिएका हुन् । ‘(फैसला) पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ उनले विज्ञप्तिमा भनेका छन्, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनमा दलहरूको शक्ति परीक्षण हुँदै, कांग्रेस र माओवादीलाई विरासत जोगाउने चुनौती

काठमाडौं । दशैँ र तिहारजस्ता नेपालीहरूको प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै राजनीतिक दलहरूले मंसिर १६ गतेका लागि तय गरिएको स्थानीय तह उपनिर्वाचनको तयारीलाई तीव्रता दिएका छन् । स्थानीय तह निर्वाचनको साढे दुई वर्षपछि हुन लागेको उपनिर्वाचनमा आफ्नो शक्ति परीक्षणसमेत हुने भएकाले दलहरू उपनिर्वाचनको लागि सम्पूर्ण शक्ति लगाएर तयारीमा जुटेका हुन् ।

प्रतिकृया दिनुहॊस