काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै एनएलजी इन्स्योरेन्स लिमिटेडले मंसिर ११ मा हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले १० कित्ता साधारण सेयर बराबर ६.२५६ कित्ता सेयर दिने गरी अंकित मूल्यमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो। कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्काशनमा ल्याउने छ।
मंसिर २७ गतेसम्म कम्पनीको सेयरधनी कायम भएका लगानीकर्ताले हकप्रद सेयरमा मंसिर ११ गतेबाट पुस १ गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिकृया दिनुहॊस