कीर्तिपुरका दिवंगत मेयरकी पत्नीसहित कांग्रेसबाट ११ जना उम्मेदवार सिफारिस

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । डंगोलले आफ्नो नाम पहिलो नम्बरमा राखेर अरु सबै आकांक्षीको नाम सिफारिस गरेका हुन् । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

कार्यकाल पूरा नगरी निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी जमुनाको नाम समेत चौथो नम्बरमा सिफारिस गरिएको छ । कीर्तिपुरको मेयरमा एमालेबा डा. सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवलाल महर्जनको नाम सिफारिस भएको छ । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्व स्ववियू अध्यक्ष हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सिधै भद्रकाली लगियो, शुक्रबारबाटै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको …

प्रतिकृया दिनुहॊस