गोठाला गएका ६ जना किशोरीलाई चट्याङ लाग्यो

काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिकाका-५ साँङ्गखोला टोलका ६ जना किशोरीहरु चट्याङ लागेर घाइते भएका छन् । हिजो बेलुका बडालेख जङ्गलमा गाईवस्तु चराएर फर्किदै गर्दा हुलाकडाँडा टाकुरामा परेको चट्याङले उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा १६ वर्षीया तारा भन्ने सङ्गीता मगर, १७ वर्षीया बिष्णु, १२ वर्षीया करिष्मा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना मगर रहेका छन् । उनीहरु एकै ठाउँ झुम्मिएर उभिएकै ठाउँमा चट्याङ परेको र एकैसाथ किशोरीहरु ढलेको बताइएको छ ।

पाँच जनाको उपचार दैलेख अस्पतालमा जारी छ भने गम्भीर घाइते सङ्गीता मगरलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रास्वपा कार्यकर्ताले तोड्न खोजे निषेधित क्षेत्र, प्रहरीले हान्यो अश्रुग्याँस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरामा प्रदर्शन …

प्रतिकृया दिनुहॊस