बर्दियामा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु

काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँस्थित पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिरनजिकै मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुर्खेत गुर्भाकोट नगरपालिका-९ बोटेचोरका ३२ वर्षीय अर्जुन कार्कीले चलाएको कप्र-०२००२ प ०६६० नम्बरको मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट ५० वर्षीया मोती थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल, गुलरियामा उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको हिरासत म्याद सकियो, तर तिहार हिरासतमै बित्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएको छ । कास्की जिल्ला अदालतले गत बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो, जसको कारण उनलाई कात्तिक १४ गतेसम्म थुनामा राख्नुपर्ने थियो । तर, आजबाट तिहारको बिदा सुरु हुँदैछ, जसले गर्दा उनलाई हिरासतमा राख्न नसकिने अवस्था आएको छ ।

प्रतिकृया दिनुहॊस