पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कति ?

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले पेट्रोल र डिजेल तथा पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर ११४ रुपैयाँ थियो । यसैगरी डिजेल तथा मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर १०१ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निकै घटेपनि नेपालमा नघटाइएको भन्दै आलोचना भएको थियो ।

२०७१ सालमा स्वचालित मूल्य कार्यान्वयमा आएसँगै प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको भाउ घटबढ गराउने भनिए पनि निगमले त्यसलाई कार्यान्वयन गर्न आलटाल गर्ने गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा ११ रुपैयाँ ४४ पैसा र डिजेलमा प्रति लिटर ५ रुपैयाँ ८१ पैसा नाफा छ ।

एलपी ग्यासमा भने निगमलाई प्रतिसिलिण्डर २८४ रुपैयाँ ८३ पैसा नोक्सान छ । मूल्य समायोजनपश्चात अबको १५ दिनमा निगमलाई ५६ करोड ५८ लाख रुपैयाँ नोक्सान हुने उसले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस