एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, तोलामा १ लाख ७० हजार नाघ्यो

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यस दिन सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख  ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार  १०५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री