प्राइम कमर्शियल बैंकको लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक ११ गते बसेको संचालक समितिको ५१४ औं बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से मार्फत जनाइएको छ।

बैंकले कर प्रयोजन सहित ९७ करोड रुपैयाँ बराबरको ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको बार्षिक साधारणसभाले स्वीकृत गरेपछि बुक क्लोज मितिसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन। बैंकले पछि अलग्गै सूचना मार्फत बुक क्लोजको मिति तय गर्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको …

प्रतिकृया दिनुहॊस