सांकेतिक तस्बिर

जंगली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडाैं । पूर्वी नवलपरासीमा जंगली च्याउको तरकारी पकाएर खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका-२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

शनिबार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन् ।

खाना खाएर सुतेका उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ । बिरामी सबैको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाको आन्दोलन जारी, आज माइतीघरमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई जारी राख्ने …

प्रतिकृया दिनुहॊस