भारतलाई पन्छ्याएर फाइनल पुग्ने दाउमा नेपाल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ । नेपाल उपाधिबाट अब मात्र दुई जित टाढा रहेको छ । समूहचरणमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो ।

नेपाल अहिलेसम्म भएको सातै संस्करणको सेमिफाइनलमा पुगेको छ । नेपाल ५ पटकको उपविजेता राष्ट्र हो । ४ पटक फाइनलमा नेपाल भारतसँग र १ पटक बङ्गलादेशसँग हारेको छ । उही चिरप्रतिद्वन्द्वी भारतलाई नेपालले सेमिफाइनलमा प्रतिद्वन्दीको रूपमा पाएको छ । नेपाल सधैँको दाबेदार राष्ट्र हो । तर यो पटक नेपालले निराशाजनक शुरूवात ग-यो । पहिलो खेलमा भूटानसँग गोलरहित बराबरीमा रोकियो ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक बराबरी रोकियो। भूटानसँग बराबरी पनि पहिलो पटक खेल्न बाध्य भयो। निराशाजनक प्रदर्शन मात्र होइन यही खेलमा नेपालका दुई महत्वपूर्ण खेलाडी हिराकुमारी भुजेल र दीपा शाही घाइते भए । बाकी खेल उनीहरूले गुमाए । तर यी सबैकुरा बिर्सेर नेपाल खेलमा फर्कियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११-० को फराकिलो अन्तरमा हरायो । यो खेलमा रेखा पौडेल एक्लैले ५ गोल गरिन् ।

नेपालको समुहमा रहेको भूटानले माल्दिभ्सलाई १३-० गोल अन्तरले हरायो । भूटान सेमिफाइनलमा पुग्यो । यसपछि नेपाललाई समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न श्रीलंकालाई ५ गोलको अन्तरमा हराउनुपर्ने चुनौती थियो । नेपालले कम्तीमा ६ गोल गर्न जरूरी थियो । यो खेलमा गोल मसिन सावित्रा भण्डारी पनि मैदानना उत्रिएकी थिइन् । नेपाले सानदार शुरूवात गर्दै पहिलो हाफमा नै चार गोल ग-यो । यसपछि दोस्रो हाफमा एक र इन्जुरी समयमा अर्को एक गोल गर्दै नेपालले ६-० को जित दर्ज ग-यो ।

नेपाल समूह विजेता बन्दा ग्रुप एको समूह उप विजेता भारतसँग सेमिफाइनल खेल्ने समिकरण बनेको छ । भारत नेपालको लागि सहज प्रतिद्वन्द्वी होइन । यसबारे नेपाल जानकार छ । नेपाल चार पटक फाइनलमा भारतसँग हारेको थियो । तर पछिल्लो संस्करणमा भने नेपालले सेमिफाइनलमा नै भारतलाई एक शुन्य गोल अन्तरमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

नेपाली टिमलाई चोटले भने सताएको छ । हिरा र दीपा रूल आउट हुँदा पूजा राना पनि चोटग्रस्त छिन् । प्रतिद्वन्द्वी भारत बलियो प्रतिद्वन्द्वी हो । तर समूह चरणमा बङ्गलादेशले माथ दिसकेको छ । त्यसैले भारत समूह उपविजेता बनेको हो । तर बङ्गलादेशसँग हारेपछि नेपाल विरूद्ध उच्च शतर्कताका साथ खेल्नेछ । नेपालले श्रीलंकासँग खेलेको जस्तै संगठीत रूपमा खेल्न जरूरी छ । भारतले साबित्रालाई टाइट मार्क गर्ने पक्का छ ।

सेमिफाइनल आज
साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज पाँचपटकको विजेता भारत र पाँचैपटकको उपविजेता नेपाल भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने दोस्रो सेमिफाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ । यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन् ।

नेपाल र भारतबीच हेड टु हेडको कुरा गर्दा अहिलेसम्म १७ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले २ खेल मात्र जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो तर भारत विरुद्धको पछिल्ला तीन खेलमा भने नेपाल अपराजित छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ …

प्रतिकृया दिनुहॊस