कञ्चनपुर घटना : मृतक दम्पतीको टाउकोमा चोट, हत्याको आशंका

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । कञ्चनपुरमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका-१ बिनवारीमा ४५ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायक बिहान मृत भेटिएका हुन् ।

लालझाडी गाउँपालिका-१ का वडाध्यक्ष प्यारेलाल रानाले रातिको समयमा टाउँको फुटेको अवस्थामा उनीहरूको शव फेला परेको बताए । नास्ता पसल सञ्चालन गर्दै आएका उनीहरु पसल जोडिएको घरमा बस्दै आएका थिए ।

प्रदेश प्रहरीबाट अनुसन्धानका लागि कुकुरसहितको टोली घटना स्थलमा पुगेको छ । उनीहरूको हत्या गरिएको देखिएपनि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितकाे टाेली पनि लालझाडी पुगेकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि प्रचण्डको सत्तारोहणका लागि पूर्व माओवादी एक हुनुपर्ने हो ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले ‘सुशासन’ को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिनु कतिको उचित भनेर प्रश्न गरेका छन् ।

प्रतिकृया दिनुहॊस