काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । गोर्खा मिडियाका पूर्व सञ्चालकद्वय लामिछाने र जोशीलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लैजान लागिएको हो ।
लामिछानेसँगको बयान नसकिएकाले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको जानकारी दिइन् । उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन् ।
छविलाललाई असोज ६ गते पक्राउ गरी पोखरा लगिएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा पुर्याइएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि बिहीबार अदालत लगिँदै छ ।
प्रतिकृया दिनुहॊस