फाइल फाेटाे

मीनभवनमा निर्माणाधीन घरको चार तलाबाट खसेर कामदारको मृत्यु

काठमाडौं । काठमाडौँको मीनभवनमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका– ३ का ४२ वर्षीय दिलबहादुर भुजेल रहेका प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा स्थानीय भिटु श्रेष्ठको निर्माणाधीन घरको चौथो तलाबाट आज बिहान साढे सात बजे खस्दा उनको मृत्यु भएको एसपी नवराज अधिकारीले जानकारी दिए । घर निर्माणको काम गरिरहेका बेला चिप्लिएर खस्दा भुजेलको मृत्यु भएको हो । छतबाट खसेर गम्भीर घाइते भुजेलको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसपी अधिकारीले जानकारी दिए । मृतक भुजेलको शव हाल सिभिल अस्पतालमै राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस