शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको चौथो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से २०.४१ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २६ सय ४५.९३ को बिन्दुमा रहेको छ।

बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २७ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३२४ कम्पनी मध्ये ७६ वटाको मूल्य बढेको छ भने बाँकिको मूल्य घटेको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा आईसीएफसी फाइनान्स रहेको छ । उक्त कम्पनीले ४३ करोड ४४ लाखको कारोबार गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री