व्यवसायी खेम सिंंह बेपत्ता, महाकाली किनारमा भेटियो कपडा

काठमाडौं । डडेल्धुराका एक व्यवसायी बेपत्ता भएका छन् । परशुराम नगरपालिका-५ परीगाउँका व्यवसायी अन्दाजी ५३ वर्षीय खेम सिंंह प्वाली सोमबार बिहानबाट बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको प्रहरी जनाएको छ ।

उनले नदीमा हामफालेको आशंका रहेकाले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य तिव्र पारेको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारविरुद्ध विपक्षी दलहरूले सुरु गरे घेराबन्दी

काठमाडौं । संसद्‌का दुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन सरकार बनाएको मंगलबार सय दिन …

प्रतिकृया दिनुहॊस